जेठ २४, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
मुख्यमन्त्रीसँग जोडिएर आएका अधिकांश पुराना कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ । यसअघि लोकप्रिय मानिएको ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरीको’ कार्यक्रमलाई यो पटक पनि निरन्तरता दिएको छ । सरकारले उपलब्धिका रुपमा यही कार्यक्रमका लिँदै आएको छ । अघिल्लो पटक निकै लोकप्रिय मानिएको कर्णाली उज्यालो कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।
कर्णाली सरकारले नीति तथा कार्यक्रमको पूर्णपाठ :
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2022/06/karnali-niti.pdf” title=”karnali niti”]