• २०८३ भाद्र २८ गते आइतवार

राष्ट्रपतिद्वारा चुनावलाई भयरहित बनाउनमा भूमिका खेल्न पत्रकारलाई आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २४, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न पालिका तह चुनावलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रले योगदान पुर्‍याउन आग्रह गरेकी छन । आज पत्रकारिता दिवस–२०७९ को अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि योगदान पुर्‍याउनुपर्ने बताएकी हुन ।

उनले जिम्मेवार पत्रकारिताको माध्यामबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यावहारिक रुपमा साकार तुल्याउने काममा पनि सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गरेकी छन । राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यामबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वासनियता कायम हुने बताइन ।

Sharing

प्रतिक्रिया दिनुहोस