• २०८३ जेष्ठ २१ गते बिहिवार

वाइसिएल र तरूण दलबीच झडप, पाँच घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४ , रूकुम पश्चिम। रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाइसिएलका युवाबीच झडप भएको छ ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गएराति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन् ।

दुबै पक्षका ५०-६० जनाको समूहबीच झडप भएको हो । तरूण दलका योगेश विष्ट, मानबहादुर विक र यज्ञचन गिरी घाइते छन् । वाइसिएलका ध्रुवराज विष्ट र समीर स्वर्णकार घाइते छन् ।

घाइतेमध्ये तरूण दलका योगेश र मानबहादुरलाई नेपालगन्ज रिफर गरिएको छ । अरूकोचौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस