वैशाख २४ , विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ जादै छन् । एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न प्रदेश १ जान लागेका हुन् ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।धरानको सभालाई सकेर ओलीले सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्ने, त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए ।
स्थानीय चुनाव लक्षित कार्यक्रमका लागि एमाले अध्यक्ष ओलीले आक्रामक अभियान चलाइरहेका छन् । चुनाव प्रचारको समय ४ दिनमात्रै बाँकी छँदा दलहरुले चुनावी अभियान पनि तीब्र बनाउँदै लगेका छन् ।