• २०८३ जेष्ठ २७ गते बुधवार

मन्त्रिपरिषद् बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउनुभएको थियो ।

आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस