• २०८३ भाद्र ३१ गते बुधवार

जनताको जीवनस्तर सहकारीको महत्वपूर्ण भूमिका : नेता निधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २३, काठमाडौँ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । काठमाडौँको टोखा नगरपालिकामा मुख्य कार्यालय रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा आज आयोजित कार्यक्रममा उहाँले जनताको जीवनस्तर उकास्ने सहज र लोकतान्त्रिक माध्यम सहकारी भएकोले यो अभियान अघि बढाउन एकभन्दा बढी सहकारी बैँकको आवश्यकता रहेको बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री निधिले देशभरका करिब ३० हजार सहकारी संस्थामा आबद्ध लाखौँ सदस्यको जीवनस्तर उकास्न एउटा मात्र सहकारी बैंक पर्याप्त नभएको उल्लेख गर्नुभयो । एउटामात्र सहकारी बैँकले सहकारी अभियान अघि बढाउन नसक्ने उहाँको भनाइ थियो । पार्टीका पूर्वउपसभापति निधिले सहकारी अभियान अगाडि बढाउन कांग्रेसको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा कान्तिपुरी सहकारी संस्थाका अध्यक्ष मनोज भण्डारीले सहकारीको विकासले मात्र जनताको आयस्तर विकास हुने भएकाले सहकारी बैँक विस्तारमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको थियो । सोही कार्यक्रममा सहकारी संस्थाका वृद्धवृद्धा, एकल महिला तथा उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस