पौष २३, काठमाडौंं । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गरेको छ । एमालेका अध्यक्ष केपी ओलीले जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गरेका हुन् । आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि जिल्लाहरुमा अधिवेशन सुरू भएका छन् ।
विभिन्न कारणले रोकिएका जिल्लाहरूमा भने समयअनुकूल पारेर अधिवेशन हुनेछन् ।