• २०८२ साउन ३ गते शुक्रवार

कतार विश्वकप : मोरक्कोविरुद्ध स्पेन : म्याच प्रिभ्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २०, काठमाडौं । कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ १६ अन्तर्गत आज मंगलबार मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ ।


खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेता बन्दै नकआउट चरणमा भेट पक्का गरेका हुन् । स्पेनले पछिल्लो पटक सन् २०१० मा राउण्ड अफ १६ पार गरेको थियो ।

मोरक्को दोस्रो पटक राउण्ड अफ १६ मा पुगेको हो ।

हेड टु हेड
मोरक्को र स्पेनबीच हालसम्म तीन खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले दुई खेल जितेको छ । एक खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २०१८ को विश्वकपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा दुबै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

सम्भावित सुरुआती-११
मोरक्को – यासिन बोनौ, अच्राफ हाकिमी, नायफ अगुएर्ड, रोमेन साइस, नौसैर माजरौई, अब्देलहामिद साबिरी, सोफ्यान अम्राबात, एजेदिन ओनाही, हाकिम जिएच, युसेफ एन-नेसिरी, सोफियान बौफल
स्पेन – युनाई सिमोन, जोर्डी अल्बा, एमेरिक लापोर्टे, रोड्री, सेजर एजपिलिकुएटा, पेड्री, सर्जियो बुस्केट्स, गाभी, फेरान टोरेस, मार्को एसेन्सियो, डानी ओल्मो

प्लेयर्स टु वाच
यस खेलमा मोरक्कोका हाकिम जिएच र स्पेनका फेरान टोरेस प्लेयर्स टु वाचमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस