• २०८३ जेष्ठ २४ गते आइतवार

भारतमा उपराष्ट्रपति निर्वाचन सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१ , नयाँ दिल्ली । भारतमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिँदै छ ।

नयाँ उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइनेछ । सत्तारुढ एनडीएले जगदीप धनखर र विपक्षीले उम्मेदवार मार्गरेट अल्भालाई उम्मेदवार बनाएका छन् । बंगालको पूर्वगभर्नरको विजय प्राय निश्चित देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी भारतको दोस्रो महिला तथा पहिलो आदिवासी राष्ट्रपति हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस