असार २२, दाङ । राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान घोराही दाङमा अस्पतालको शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ पस्नै कठिन हुन्छ । जसोतसो भित्र पसे पनि शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, भोला, पराग जस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका खुलेको छ भने अर्को ढोका बन्द रहेको छ ।

दिशा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालय भित्रै पानीका बोतल, कपडा, प्याड जस्ता वस्तु, पराग, भोला सुर्तीजन्य प्रदार्थको खोस्टाहरु फालेको देख्न सकिन्छ । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान नदिएको देख्न सकिन्छ ।
राप्ती स्वास्थ विज्ञान अस्पतालकै एक तलामाथि रहेको अर्को सुत्केरी शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् भने कर्मचारीहरुका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ । त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालय भन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ ।
यता सुत्केरी वार्डमा भर्ना भएका सुत्केरीहरु भन्छन् “यो वार्डमाआएदेखि छ्तको टिनबाट पानी परेर सिधै सुत्केरी वार्डको बिस्तारमा चुईन्छ छतमा भएको प्लाईबोर्ड पानीले भिजेर कुहिएर झरेको छ। यस्तो गर्मीमा सुत्केरी वार्डमा ८ वटा बेडमाजम्मा २ वटा पंखा रहेको छ । कुनैपनि झ्यालमा जाली समेत लगाएको छैन ।” सबै भन्दा धेरै समस्या लामखुट्टेकाे रहेको छ । गर्मी र वर्षा मौसमसंगै डेङ्गु, मलेरीया हैजा जस्तो रोग सर्न सक्ने डर भएको सुत्केरीहरु बताउँछन् । वार्डमा खाने पानीको पनि समस्या छ । नुहाउने र लुगा धुने समस्या छ । बाथरुम बन्द गरिएको छ ।
यता राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान घोराही दाङका उपकुलपति डाक्टर विकास लामिछानेले आफुले अनुगमन गरेको र अस्पताल भित्र रहेको अपुग समस्यालाई आफुले निरीक्षण गरेर तत्काल वार्डमा पानी चुइने, खानेपानी, नुहाउने बाथरुम, फ़ोहोर शौचालय, वार्डमा पंखा, झ्यालमा जाली, बत्तीलगायतकाे समस्या सबै पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे। ।