• २०८३ बैशाख ७ गते सोमवार

काठमाडौं उपत्यकामा एकैदिन २३ सय ८१ जना सवारी चालकमाथि कारवाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३८१ जना सवारी चालकलाई कारवाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२३ जना, लेन उल्लंघन गर्ने १३६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७७ जना रहेका छन् ।

रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

रेड लाइट, लेन र मदिरा सेवनको कारवाहीमा परेका ३४४ जना चालकलाई ट्राफिक प्रहरीले हिजो काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सचेतना कक्षामा सहभागी गराएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस