• २०८३ बैशाख २० गते आइतवार

माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । हिजोसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु पदाधिकारी चयनकाे गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो । यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस