• २०८३ जेष्ठ ५ गते मङ्गलवार

माधव नेपालको वडामा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित सयौंले रोजे एमाले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३,गौर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालको गृहनगरमा उनकै वडाका जिल्ला कमिटी सदस्य रामजी साहको नेतृत्वमा सयौं नेता कार्यकर्ताले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको वडा, गौर नगरपालिका वडा नम्बर १ जहाँ उनको पार्टीबाट गौर नगरपालिकाका मेयर उम्मेदवार शम्भु साहको समेत घर रहेको छ । गौरस्थित एमाले पार्टी कार्यालयमा एक कार्यक्रमका बीच रामजी साहसहित नवप्रवेशीहरुलाई एमाले केन्द्रीय लेखा आयोगका सदस्य राजकिशोर प्रसाद यादवले टीका लगाई पार्टी प्रवेश गराएका हुन् । साथै, गौर नगरपालिका वडा नम्बर ९ निवासी लोसपा निकट मुस्लिम संगठनका केन्द्रीय सदस्य शेख मन्जिर आलम पनि एमाले प्रवेश गरेका थिए ।

No description available.

पार्टी प्रवेश गराउदै आयोगका सदस्य यादवले देशमा पाँच दलीय गठबन्धनले एमालेविरुध जति जालझेल गरेपनि दिनदिनै गठबन्धन त्यागेर एमाले प्रवेशको संख्या बढ्दै गएको बताए । उनले समृद्ध नेपाल निर्माणका लागि एमालेलाई अपार बहुमत दिन आह्वान गरे ।

No description available.

कार्यक्रममा मधेश प्रदेश कमिटी सदस्यहरु अब्दुल कलाम आजाद, सच्चिदानन्द साह, रुपनारायण दास, जिल्ला उपाध्यक्ष दीपक यादव, जिल्ला सदस्यहरु राजेश साह, निवेश यादव, उमाशंकर साह, प्रेमचन्द्र साह, मिथलेश यादव, श्यामकिशोर यादव लगायतको सहभागिता रहेको थियो No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस