फागुन २२, काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सचिवालयको बैठक सम्पन्न भएको छ । जिल्ला अधिवेशन पछि कमिटीले निरन्तर बिभिन्न खालका कार्यक्रम आयोजना गर्दै आएको छ ।

संगठन निमार्ण परिचालन परिक्षण पार्टी प्रवेश तथा सदस्यता वितरणलाई व्यापक बनाएको छ । जिल्ला कमिटीले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनलाई लक्षित गरि आधारभुत तहका सम्पुर्ण कमिटीलाई परिचालित गरेको छ । आजको बैठकमा पार्टी गतिविधि, समिक्षा, सल्लाहाकार परिषद गठा, विभागको पुर्णता, लेखा समिती गठन, जेष्ठ कम्युनिष्ट मञ्च गठन, अन्तराष्ट्रिय श्रमिक मलिा दिवस लगायतका विषयमा छलफल भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले बताउनु भयो । साथै १३८ वटै वडाको पार्टी कामको अवस्था र आगामी कार्ययोजनाको विषयमा पनि मसिनो ढङ्गले छलफल भएको अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण गोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा सह इन्चार्ज कृष्ण राई, केन्द्रिय सदस्य तथा सह इन्चार्जहरु विद्यासुन्दर शाक्य, सरिता न्यौपाने, रुप नारायण श्रेष्ठ लगायतको यपस्थिती रहेको थियो ।
