• २०८३ बैशाख १४ गते सोमवार

दमौलीमा आगलागी निरीक्षणमा श्रममन्त्री हेलिकप्टर लिएर प्रस्थान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, दमौली । तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली प्रस्थान गर्नुभएको छ ।

दमौली बजारको भोर्लेटार चोकमा आगलागी भएको छ । भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली जानुभएको छ । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गर्नुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस