• २०८३ बैशाख १७ गते बिहिवार

किसानलाई अनुदानमा आलुको बीउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाएर जीवन निर्वाहमा सघाउ पुर्‍याउन गाउँपालिकाले किसानलाई आलुको बीउ उपलब्ध गराउन सुरु गरेको हो ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बीउ वितरण गर्न सुरु गरेको छ । गाउँपालिका-१ का वडाध्यक्ष उपेन्द्र लम्सालले शनिबार ७० जना किसानलाई आलुको बीउ वितरण गरे । प्रतिकिसानलाई २५ किलोको दरले आलुको बीउ वितरण गरिएको उनले बताए ।

वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानलाई पनि आलुको बीउ वितरण गर्ने तयारी रहेको उनले बताए । सोमबारसम्ममा सबै किसानलाई बीउ वितरण गर्ने तयारी छ ।

चालु आर्थिक वर्ष ०७८-७९ मा वडा नम्बर १ का ४ सय २० किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ ।

Sharing

प्रतिक्रिया दिनुहोस