फागुन २२, काठमाडौं। ढुंगेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । प्रहरीका अनुसार गएराती साढे १२ बजे लागेको आगलागीबाट ६० देखि ७० वटा पसलमा क्षति भएको छ ।
महानगरी प्रहरी वृत्त बालाजुले गएराती आगो लागेको केही घण्टामा चार वटा दमकलले आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा रहेको प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।