• २०८३ बैशाख १५ गते मङ्गलवार

जिल्ला कमिटीका लागि एमालेको तीन बुँदे मापदण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।

१. पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइ काम गरिसकेको हुनुपर्नेछ ।

२. सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।

३.एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस