• २०८३ जेष्ठ २५ गते सोमवार

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, पोखरा । मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अविर र माला लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशसँगै उनले भनेका छन्, ‘राजनीति कमाउनका लागि होइन । सेवाभावले निस्वार्थ रुपले जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यक्ता हो ।’ उनले त्यस पार्टीमा स्वच्छ छवी भएका नेता रहेकाले सोही पार्टीको सिद्धान्तसँग आफ्नो विचार मिलेको बताए । ‘त्यसमा रहेका नेता कार्यकर्ताहरुको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु’ मनाङेले सोमबार जारी विज्ञप्तिमा भनेका छन् ।

उनी प्रवेश गरेसँगै गण्डकीमा एकीकृत समाजवादीले एक सांसद पाएको छ । गण्डकीमा एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिएको थियो । तर दुबै उम्मेदवार पराजित भएका थिए ।
हेर्नुस् दीपक मनाङेको विज्ञप्ति

Sharing

प्रतिक्रिया दिनुहोस