भदौ २०, काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पार्टीका तर्फबाट जारी गर्ने घोषणा पत्रका लागि सुझाव पेश गरेको छ । संगठनका कार्यवाहक अध्यक्ष क्रान्ति बुर्लाकोटीको नेतृत्वमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई सुझाव पेश गरिएको हो ।
राेजगारीकाे सिर्जना गर्ने, शिक्षासँग सीप र उद्यम जाेड्ने, विज्ञान प्रविधि मैत्री राष्ट्र निर्माण गर्ने, कृषिलाई आधुनिकीकरण, ब्यवसायीकरण, वजारीकरण गर्ने, प्राङ्गारिक मल र पर्यावरणमैत्री कृषि उत्पादन गरि अर्गािनक राष्ट्र निर्माण गर्ने, रासायिनक मलकाे उत्पादन गर्ने, वनलाई बहुउपयाेगी बनाईने, नेपालका सबै राष्ट्र सेवकले नेपालमै उत्पादित पाेषाक लगाउनु पर्ने बाताबरण सिर्जना गरिने, युवा उद्यमशीलता विकासका लागि उद्याेग, व्यवसाय दर्ता, नवीकरण राजश्वमा ५०% छुट गरिने, वैंक तथा वित्तीय क्षेत्रबाट युवा उद्यममा कम्तिमा १० प्रतिशत ऋण प्रवाह गर्नैपर्ने लगायतका विषयमा सुझाव दिएको संघका उपाध्यक्ष कृष्णहरी केसीले जानकारी दिनुभयाे ।
संघको भदौ १७ गते बसेको पदाधिकारी बैठकले संगठनका उपाध्यक्षहरु कृष्णहरी केसी, रामजी सापकोटा, महासचिव क्षितीज थेबे, सचिव विकास ज्ञावाली र संघका नेता उज्जव घिमिरे सदस्य रहेको सुझाव कार्यदल बनाएको थियो । उक्त कार्यदलले आज सुझाव पेश गरेको हो ।
