• २०८३ बैशाख ६ गते आइतवार

राष्ट्रिय युवा संघको कार्यवाहक अध्यक्षमा क्रान्ति बुर्लाकोटी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २०, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यबाहक अध्यक्षको जिम्मेवारी क्रान्ति बुर्लाकोटीलाई दिइएको छ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल पारिवारीक शिलशिलामा मित्र राष्ट्र भारत जाने भएपछि संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुर्लाकोटीलाई दिइएको हो ।

अध्यक्ष पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘विशेष पारिवारिक शिलशिलामा केही दिनको निम्ति मित्रराष्ट्र भारत यात्रामा जानुपरेको हुँदा संगठनको कार्यवाहक जिम्मेवारी तपाईंलाई प्रदान गरिएको जानकारी गराउँछु ।साथै कुशलतापूर्वकरुपमा प्रभावकारी कार्यसम्पादनको हार्दिक शुभकामना ।’

Open photo

Sharing

प्रतिक्रिया दिनुहोस