• २०८३ जेष्ठ ३१ गते आइतवार

तनहुँमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ स्थित राजेन्द्र थकालीको निर्माणधीन घरमा कौडा खेलीरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउँपालिका–४ बस्ने ४५ वर्षीय धन बहादुर गुरुङ लगायत छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार ४ सय ३० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस