जेठ २२, दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलेको कडा निर्देशनमा अमिलियामा बालुवा प्रशोधन केन्द्रद्वारा पोखरी बनाएर अबैध उत्खनन कार्यको तत्काल बन्द भएको छ ।
राप्ती नदीमा अबैधानिक रुपमा बाध बाधेर अमिलियाको राप्ती नदिमा बालुवा प्रशोधन केन्द्रले उत्खनन गरिरहेको भन्ने समाचार खबर24नेपाल डटकममा आएपछि दाङ जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले तत्काल उक्त स्थानमा प्रहरी खटाएर सो कार्यलाई बन्द गरेको बताउनु भएको छ ।
त्यस्तै उक्त बालुवा प्रशोधन केन्द्र हाललाई विवादीत रहेको र अहिले दाङ,देउखुरी जिल्ला अदालतद्वारा बन्द गरेको समयमा स्थानीय सरकार लमही नगरपालिकाद्वारा ठेक्का आह्वान गरि आफ्नो क्षेत्र भित्र पर्ने केही राप्ती नदीको घाटहरुमा उत्खनन गर्ने अनुमति दिएको भरमा त्यस प्रशोधन केन्द्रले पनि अबैधानिक रुपमा बाध बाधेर धमाधम उत्खनन गरेको हुँदा तत्काल बन्द गरिएको एसपी काफ्लेले जानकारी दिनु भयो । यस्तै उहाँले सिडियो र लमही नगरपालिकासंग अझै आधिकारिक रुपमा बुझेर कानुनी कार्यवाहीलाई अघि बढाइने बताउनु भएको छ ।