• २०८३ बैशाख ९ गते बुधवार

स्थानीय सरकारको स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २२, काठमाडौं । नेपाली कांग्रले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने भएको छ ।

जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, कर नबढाइ दायरा बढाउने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरकार बनाउनेगरीको मार्गचित्रलाई घोषणापत्रमा उल्लेख गरिने समिति सदस्य गुरुराज घिमिरेले बताए ।
उनले एकाधबाहेक वर्तमान स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी पनि गरे ।

‘स्थानीयको परिकल्पना हामीले जनताको नजिकको सरकारको रूपमा गरेका हौँ । तर, काम प्रभावकारी भएन एकाधबाहेक । अब जनताले अनुभूति गर्नेगरीको कार्यक्रम समावेश गरेर स्थायी सरकारको स्पष्ट मार्गचित्र घोषणापत्रमा समावेश गर्छौं,’ घिमिरेले भने ।सोमबार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा २८ सदस्यीय घोषणापत्र तयारी समिति गठन भएको छ ।

समिति सदस्यहरूमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा. डा. गोविन्दराज पोखरेल, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाँण, वंशलाल तामाङ, विजय शंकर यादव, उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, डा. जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा.बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस