• २०८३ बैशाख १८ गते शुक्रवार

आजको मौसम : पहाडी भूभागमा वर्षाकाे सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ को पहाडी भूभागका थोरै स्थान र बागमती तथा गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको आँकलन गरिएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस