• २०८३ जेष्ठ १९ गते मङ्गलवार

राष्ट्रिय युवा संघ थाहा नगरकमिटीको पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, मकवानपुर । चित्लाङ चन्द्रागिरी थानकोट सडक निर्माणमा हौसला प्रदान गर्न आयोजित थाहा नगरकमिटीको पिकनिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल थाहा नगरको अध्यक्ष प्रदिप भट्टको सभा अध्यक्षतामा कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक किरण पौडेल रहनु भएको थियो ।

स्थानीयहरुको दैनिक रेखदेखमा स्तरीय सडक निर्माणमा जुटिरहेका स्थानीय तथा श्रमिकहरुलाई शनिबार युवा संघले चन्द्रागिरीमै पुगेर पिकनिक मनाएको हो । सबैको भविष्य जोडेको चित्लाङ-चन्द्रागिरी-थानकोट मार्गलाई समयमै निर्माण सम्पन्न गर्ने तर्फ स्थानीय सरोकार समितिलाई हौसला प्रदान गर्न यो कार्यक्रम आयोजना गरेका हो ।

No description available.

कार्यक्रममा विशेष अतिथि माननीय संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य आसुभाष चन्द्र ठकुरी, नेकपा एमाले बागमती प्रदेश उपसचिव महेस बर्तौला, नेकपा एमाले थाहा नगरका अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, राष्ट्रिय युवा संघ नेपाल निर्वाचन आयोग उप प्रमुख बाबु छत्कुली, आयोजक कमिटी सदस्यहरु गोमा विष्ट, कृष्ण जैसी, जयराम लामा, विरेन्द्र भट्ट लगायतको उपस्थिती रहेको थियो ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस