• २०८३ बैशाख १० गते बिहिवार

तेह्रथुममा थपिए ३ हजार ८ सय मतदाता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २१, तेह्रथुम । निर्वाचन कार्यालय तेह्रथुमले सञ्चालन गरेको मतदाता नामावली दर्ता कार्यक्रममा ३ हजार ८ सय ८ जनाले नाम दर्ता गराएका छन् । १७-२६ मंसिरसम्म जिल्लाका ६ वटै पालिकामा कार्यक्रम सञ्चालन गरेको थियो ।

निर्वाचन कार्यालयका अनुसार १६ सय २८ महिला र २१ सय ८० जना पुरुषले नाम दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय तेह्रथुमका निर्वाचन अधिकारी होमप्रसाद पौडेलका अनुसार जिल्लामा ३७ हजार २ सय ८४ महिला र ३८ हजार ८ सय ६९ जना मतदाता छन् । जिल्ला बाहिरका १९ पुरुष र ३० महिला गरी ४९ जनाले तेह्रथुमबाट नामवली भरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र प्रशासन इकाई आठराईबाट नामावली संकलनको काम भइरहेको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस