• २०८३ बैशाख २९ गते मङ्गलवार

फ्रेन्च ओपन: नाडाल फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । वाकओभरमा एलेक्सजेण्डर ज्वेभरेभलाई पछि पार्दै स्पेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति फ्रान्स राजधानी पेरिसमा जर्मनीका एलेक्सजेण्डर ज्वेभरेभ दोस्रो सेटमा घाइते भएपछी वाकओभर पाउँदै नाडाल उपाधि नजिक पुगेका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले पहिलो सेट ७-६ (१०-८) ले जितेका थिए । तर, दोस्रो सेट ६-६ को स्थितिमा रहेको थियो ।

नाडालले १३ पटक फ्रेन्च ओपन जित्दै कीर्तिमान कायम गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस