• २०८३ मङ्सिर ३ गते बुधवार

स्याङ्जा- २ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, स्याङ्जा । स्याङ्जा २ बाट नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । धनराजले ३१ हजार ४६६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत पाएकी छन ।

उनीहरुबीचको मतान्तर ५ हजार ६२७ रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए । १ लाख १६ हजार ६७८ मतदाता रहेकाे क्षेत्रमा ७० हजार १ सय ९१ मत खसेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस