कात्तिक १७, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई अध्यक्ष इमरान खानमाथि लङ मार्चका क्रममा बिहीबार गोली चलेको आएको छ । गुजरानवालाको अल्लाहवाला चोकमा उनीमाथि गोली प्रहार भएको हो ।

गोली लागेर खान र उनका चार जना समर्थक घाइते भएका छन् । र्यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए । इमरानको खुट्टामा गाेली लागेको छ र उनलाई अस्पताल लगिएको छ । उद्धार अधिकारीका अनुसार घटनामा तीनदेखि चार जना घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपी, गोली सोही व्यक्तिले चलाएको हो वा अरु कसैले चलाएको हो भन्ने पुष्टि हुन सकेको छैन ।