• २०८३ असार ४ गते बिहिवार

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

एमाले हुम्लाका नेताहरुको उपस्थितिमा बालकोटमा प्रवेश कार्यक्रम राखेर अध्यक्ष ओली तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खादा तथा टीका लगाएर लामालाई पार्टी प्रवेश गराउनु भएकाे हाे । उहाँ सहित नाम्खा गाउँपालिकाका निवर्तमान अध्यक्ष विष्णुुबहादुुर लामा पनि एमाले प्रवेश गर्नुभएकाे छ । त्यसैगरी अन्य केहीले पनि माओवादी गाउँपालिका र तथा जिल्लास्तरका नेताहरुले एमाले प्रवेश गर्नुभएकाे छ ।

२०७४ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामा हुम्लाबाट चुनाव जित्नुुभएको थियो । उहाँ माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुुहुुन्थ्यो । यस पटकको निर्वाचनमा आफू नउठ्ने यसअघि नै उहाँले बताउदै आउनु भए पनि एमाले प्रवेश गर्नुभएसँगै उहाँ उम्मेदवार बन्ने चर्चा हुन थालेको छ ।

तत्कालीन शाही शासनका बेला राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी उहाँले सम्हालिसक्नुभएको उहाँ नेकपा विवाद कालमा समेत सुरुमा अध्यक्ष ओली समूहमा लाग्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस