• २०८३ बैशाख ९ गते बुधवार

ट्याक्टरकाे उद्धारमा गएको डोजर नै फसेपछि… 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, सुर्खेत ।  जाजरकोट बारेकोट गाउँपालिका वडा नम्वर २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ ।

साे ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । लगातार पानी परिरहेकोले डोजर र ट्याक्टर निकाल्न समस्य भएकाे छ । नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गरानु सामान्य जस्तै हाे । तर, पानीकाे सतह बढेका कारण अहिले समस्या भएकाे हाे ।

Sharing

प्रतिक्रिया दिनुहोस