• २०८३ जेष्ठ ३० गते शनिवार

रुसमा नवेलनीको आह्वानपछि राष्ट्रपति पुटिनविरुद्ध सडकमा उत्रिए जनता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९,एजेन्सी । युक्रेनमाथि रुसको हमलाको एकातिर अमेरिका, बेलायत र थुप्रै देशले आलोचना गरिरहेका छन् । यस्तै रुसमा पनि राष्ट्रपति पुटिनको निर्णयको विरोध गरिरहेका छन् । युक्रेनमाथि हमलाको विरोधमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा उग्र प्रदर्शन भए ।

यद्यपि, यो प्रदर्शन नयाँ होइन । थुप्रै पुलिसबल र सुरक्षाकर्मीको उपस्थितिमा यो प्रदर्शन भइरहेको छ । यतिबेला थुप्रै मानिसलाई पक्राउ पनि गरिएको छ र उनीहरुलाई तितर बितर गर्नका लागि प्रहरीले हिंस्रक रुप पनि अख्तियार गर्नुपर्यो ।

यो प्रदर्शनको पछाडि राष्ट्रपति पुटिनका धुर विरोधी नवेलनीको त्यो आह्वानलाई जिम्मेवार बताइँदै छ जुन उनले जेलमा बन्द भइरहेका बेला गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस