• २०८३ जेष्ठ ५ गते मङ्गलवार

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १९, काठमाडौं । सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमाेदनकाे चार दिनमा एमसीसी बाेर्डबाट स्वीकृत भएकाे दाेस्राे दिन गठबन्धनकाे बैठक बस्न लागेकाे हाे ।

फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ । बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस