• २०८३ जेष्ठ २२ गते शुक्रवार

भेरी अस्पतालमा एकजान संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, बाँके । बाँकेमा एक थप जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दाङ शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए । बाँकेमा कोरोनाले मृत्युु हुनेको संख्या ३४७ र अन्य जिल्लाका मृत्यु हुनेको संख्या ४४२ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस