• २०८३ जेष्ठ २ गते शनिवार

आईजीपी सिंह र अमेरिकी राजदूतबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, काठमाडौं ।  प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा आईजीपी सिंह र राजदूतबीच भेटवार्ता भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

भेटमा अमेरिकी राजदूत थम्सनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गरेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् । मङसिर ४ मा काठमाडौं र भक्तपुरका केही मतदान स्थल राजदूत थम्सनले निरीक्षण गरेका थिए ।

‘निर्वाचनमा प्रहरीको भूमिका व्यावसायिक पाएँ’ थम्सनले भेटमा भनेका छन्– ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल प्रहरीको व्यवसायिकता थप वृद्धि भएको मेरो बुझाइ छ ।’ निर्वाचनको दिन राजदूत थम्सनले भक्तपुरको सूर्यविनायक र बल्खुस्थित लिंकन स्कुलमा सञ्चालित मतदान स्थल भ्रमण गरेका थिए । ‘प्रहरीले व्यावसायिक काम गरेको पाएँ’ भेटमा सहभागी एकजना प्रहरी अधिकृतले थम्सनको भनाइ उदृत गर्दै भने– ‘नेपालमा रहेका अमेरिकन नागरिकहरूको सुरक्षामा प्रहरीले देखाएको व्यावसायिकताप्रति धन्यवाद छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस