• २०८३ भाद्र १५ गते सोमवार

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, उदयपुर।उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका-७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । घटनास्थल उदपुरको विकट ठाउँमा रहेको र उनीहरूको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस