• २०८३ जेष्ठ ३ गते आइतवार

जापानमा नेपाल फेस्टिबल, १ लाख भन्दा बढी अवलोकनकर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन १७, टोकियो । जापानमा नेपाल फेस्टिबल मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो।

राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिवल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।

फेस्टिवललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग जुटेको थियो। फेस्टिवल उद्घाटन नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना गरेका थिए।

Avatar

उद्घाटन समारोहमा जापानको परराष्ट्र मन्त्रालयका सहसचिव स्तरका कर्मचारी र फेस्टिवल आयोजना स्थल नाकानो शहरका मेयरको समेत सहभागिता थियो। यस्तै फेस्टिवलमा टोकियोमा रहेका आधा दर्जन विदेशी नियोगका प्रतिनिधिहरु सहभागी थिए।

फेस्टिवलमा नेपालको पर्यटन, मौलिक कला संस्कृति, सांस्कृतिक चिनारीका झाँकी, बाजागाजा, नृत्य, पोशाक खाना परिकारहरु प्रर्दशन गरिएका थिए।

फेस्टिबलमा झण्डै दुई दर्जन नेपाली व्यवासायीको स्टल राखिएको थियो। फेस्टिबल अवधिभर निशुल्क स्वास्थ्य परामर्श शिविर समेत राखिएको थियो।

राजधानी टोकियो र आसपासका प्रान्तसहित सबैभन्दा टाढाको ओकिनावा, होक्काइदोबाट समेत नेपालीहरु फेस्टिबलमा सहभागी भएका थिए। झण्डै १ लाखले फेस्टिबलको अवलोकन गरेको बताइएको छ।

नेपालीबाहेक जापानी, बेलायती, अमेरिकी, भारतीय, श्रीलंकन, भियतनामी, चिनियाँ, अफ्रिकन तथा युरोपियन देशका जापानमा बस्ने दर्जनौं विदेशीहरुले फेस्टिबलको अवलोकन गरेका थिए।

नेपालको भौगोलिक विविधता, कला संस्कृति, रितिरिवाजको प्रचार–प्रसार गर्ने उद्देश्यले जापानमा हरेक वर्ष नेपाल फेस्टिबल आयोजना गरिन्छ।

Sharing

प्रतिक्रिया दिनुहोस