• २०८३ बैशाख ७ गते सोमवार

खारकिएभमाथि कब्जाको लडाईं सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, एजेन्सी । युक्रेनको सेनाले रुसी प्याराट्रुपर्स खारकिएभमा उत्रिएको पुष्टि गरेका छन् । यो शहर पहिले नै रुसी सेनाले घेरेर राखेको छ । युक्रेनी सेनाका अनुसार खारकिएभ र यस आसपासको इलाकामा एयर रेड सायरन्सपछि हवाई हमला सुरु गरेका छन् ।

यो बयानमा बताइए अनुसार रुसी सैनिकले क्षेत्रीय सैन्य अस्पतालमा हमला गरेका छन् र लडाईं जारी छ । यो शहरमा धेरैजसो रुसी भाषा बोलिन्छ र पछिल्ला दिनमा युक्रेनमा सबैभन्दा बढी हिंसा खारकिएभमा नै देखिन्छ ।

मंगलबार एक सरकारी भवनमा मिसाइल हमला भएको थियो जसमा कार र आसपासका भवनलाई क्षती पुगेको थियो । मंगलबार नै दोस्रो हमला एक आवासीय भवनमा भएको थियो । युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले यो हमलालाई युद्ध अपराध बताएका थिए ।

मंगलबार खारकिएभमा भएको हमलामा १७ जनाको मृत्यु भएको थियो जसमा एक भारतीय विद्यार्थी पनि समावेश थिए । केही विश्लेषकको अनुमानका अनुसार रुसविरुद्धको लडाईंमा युक्रेनलाई कमजोर बनाउन रुसले आवासीय क्षेत्रमा हमला गरिरहेका छन् । खारकिएभ, सुमी र मारियुपोल शहरमा रुसी हमलाको जवाफ युक्रेनी जवानले मज्जाले दिइरहेका छन् । खारकिएभमा भारी लडाईं भइरहेको छ र युक्रेनी जवान रुसी सेनासँग लडिरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस