• २०८३ असार १८ गते बिहिवार

क्यान र असन्तुष्ट खेलाडीबीच सहमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १८, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ । आइतबार क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायाके र ज्ञानेन्द्र मल्लबीचको छलफलपछि सहमति जुटेकाे हो ।

सहमति अनुसार पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टमाथिको ६ महिने प्रतिबन्ध फुकुवा भएको छ भने कप्तान सन्दिप लामिछाने नै रहनेछन् ।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले निवर्तमान कप्तान ज्ञानेन्द मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कमल सिंह ऐरी र सोमपाल कामी गरी चार खेलाडीलाई आचारसंहित उल्लघंन गरेको भन्दै केन्द्रीय कन्ट्याक्टबाट सुरुआती छ महिना बाहिर राखेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस