कात्तिक १५, पश्चिम नवलपरासी । सुस्ता गाउँपालिका-४ मा पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । सुस्ता गाउँपालिका ४ गोकुलनगरको नसर्हीस्थित नारायणी नदिको घोलमा डुङ्गा डुब्दा दुर्घटना भएको हो ।

पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा दुर्घटना हुँदा सुस्ता गाउंपालिका-४ का २२ वर्षिय गुडडु हरिजन, सोही स्थानका १८ वर्षिय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कँडेलका अनुसार डुङ्गामा सवार ३ जना घाईतेहरुको उपचार भइरहेको छ ।