चैत १८, काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा आज मलेसिया र पपुवा न्युगिनी(पीएनजी) बीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ ।

यससँगै मलेसियाले सुरुवाती ब्याटिङ गर्दै छ । शृंखलामा मलेसिया दोस्रो जित निकाल्ने योजनामा छ । यता, पीएनजी भने पहिलो जितको खोजीमा छ । मलेसियाले २ खेलबाट २ अंक जोडेको छ । यता, पीएनजी भने विनाअंक पुछारमा छ ।
यता, नेपाल भने लगातार दुई खेल जित्दै फाइनल प्रवेश गरिसकेको छ । नेपालले भोलि अन्तिम खेलमा पीएनजीको सामना गर्नेछ । आजको जितले भने मलेसियाले उपाधिका लागि घरेलु टोली नेपालसँग खेल्नेछ ।