• २०८३ असोज ७ गते बुधवार

पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा : एकीकृत समाजवादी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमसीसीबारे व्याख्यात्मक घोषणा नभएको भए हुबहु पारित हुने अवस्था रहेको बताएको छ । पार्टीको अडानकै कारण एमसीसीबारे व्याख्यात्मक घोषणासहित पारित गर्न सफल भएको सो पार्टीको भनाइ छ ।

 

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘व्याख्यात्मक घोषणा नगरेको भए जस्ताको तस्तै पास हुन्थ्यो । पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा हो ।’

Sharing

प्रतिक्रिया दिनुहोस