• २०८३ बैशाख २६ गते शनिवार

शिवरात्रीको पवित्र दिनका शिव भगवानको दर्शनगरि दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

वि.सं. २०७८ फाल्गुन १७ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ मार्च ०१ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४२, (सिल्लागा), नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, फाल्गुन कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपछि १२:४१ बजेसम्म, त्यसपछि अमावस्या तिथि, धनिष्ठा नक्षत्र, मध्यरात्रीपछि ०३:४५ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा मकर राशिमा, दिउँसो ०४:१२ बजेसम्म, त्यसपछि कुम्भ राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कर्मप्रति समर्पित हुने र थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी वहन गर्नुपर्ने हुन्छ । कुनै व्यवहारिक वा प्राविधिक क्षेत्रको थप ज्ञान बटुल्ने मौका जुट्नेछ । परिश्रम गर्ने छात्रछात्राले अझ राम्रो परिणाम प्राप्त गर्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्ने तथा सहानुभूति प्राप्त गर्न सकिने छ । आज जोसुकै पाको व्यक्तिलाई गरेको सहयोगले भाग्यबृद्धि हुने समय हो । कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, विभिन्न सहयोग र उपहार पनि प्राप्त हुनेछन्, तर गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्ने दिन हो । आपसी सम्बन्ध भावी जीवनका लागि सुखद बन्ने सङ्केत छ, वैवाहिक जीवनमा रूपान्तरित हुन योजना बनाउने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आम्दानीका मार्ग बढ्नेछन् र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्नेछ, तर आम्दानीका मार्गहरूभन्दा बढी खर्च हुनेछैन । व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा समुचित समन्वय हुनु जरुरी देखिन्छ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै नयाँ निर्णय लिनु राम्रो हुँदैन । मनमा उदासीपन र तनमा शिथिलता भरिएको दिन छ । नचाहिंदा चिन्ता र शङ्काले कमजोरी बढ्नसक्छ, त्यसैले विश्वस्त व्यक्तिसामु आफ्नो कुरा राख्नोस्, मानसिक बोझ हट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कला, साहित्य र अभिनय क्षेत्रका विद्यार्थीले बाह्य विषयवस्तुमा भन्दा निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय आएको छ । विगतका रमाइला पलहरूको याद आउने छ, बाल्यावस्था वा कलेज लाइफका दिन सम्झँदा मन भावुक बन्नसक्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ, तथापि पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनुपर्ने हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कुनै कुराले गर्दा मनमा दोधारेपन हुनसक्छ, त्यस्तै पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति तपाईंलाई चित्त नबुझ्न सक्छ । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, सानोतिनो चोटपटक नै लाग्नसक्ने दिन हो । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
देखिएका बाधा/अड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । कुनै अनुभव वा ज्ञानको कमी छ भने अझ पनि प्रयास गर्न सकिनेछ । आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । घरपरिवार, जीवनसाथीको कामधाम र छोराछोरीको चिन्तामा मन केन्द्रित हुनसक्छ । व्यक्तिगत जीवनको उतारचढावलाई सम्झँदा मन एकतमासको बन्नसक्छ, तर चिन्ता गर्ने परिस्थिति देखिंदैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन, घरायसी समस्या र सुखका बारेमा समेत चिन्तन गर्ने समय छ । विशेष काम गर्नुछ भने अभिभावक, पत्नी वा छोराछोरीका इच्छा बुझेर चल्नु ठीक हुन्छ । मन फुरुङ्ग हुने समय हो, सहयोगीहरूको साथ पाउनाले छिट्टै कार्य सम्पादन गर्न सकिने छ, तर घरायसी परिस्थिति सम्झँदा घरिघरि मुड अशान्त बन्नसक्छ । परिबन्द र बाध्यतामा खुम्चनुपर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन् नरमाइलो लाग्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काममा वा सँगीसाथीसँग अलमलिने दिन भएकाले कारोबारमा पूरा समय दिन सकिंदैन । मान्यजनको सामीप्य प्राप्त हुने तथा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन छ । दाजुभाइ वा माइतीपक्षसँग सम्पर्क गरी भलाकुसारी गर्ने समय हो । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्ने दिन छ, कुनै समसामयिक विषयका बारेमा गम्भीर भएर जानकारी बटुल्न सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरपरिवारका सदस्य वा जीवनसाथीको कुनै व्यवहारले आज एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा वा प्रतियोगिताका लागि तैयारी गर्न अनुकूल दिन रहेको छ । नयाँ व्यवसाय वा रोजगारीको प्रयास गर्दै हुनुहुन्छ भने आशावादी बन्ने दिन हो । आत्मविश्वासको सिर्जना हुनेछ, सानो प्रयासले पछिसम्म फाइदा हुने काम सम्पन्न हुनेछ । बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लामो समयदेखि बनाउन नसकेको काम बनाउन सकिने समय हो । मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै बढ्नसक्छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित हुनुपर्छ भन्ने धारणा राख्नु राम्रो हुन्छ । सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी राख्नु हानिकारक बन्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । मिहिनेत गर्ने दिन हो, परीक्षा वा अन्तर्वार्ता छ भने त प्रतियोगी बलिया छन् भन्ने बुझेर अझ धेरै प्रयास गर्नुपर्ने हुन्छ, आशाअनुरूप रिजल्ट आउने छ । व्यक्तित्व विकासको प्रयास सफल हुनेछ । आज सञ्चित रकम जग्गाजमिन वा कुनै स्थिर सम्पत्तिको प्रयोजनमा खर्च गर्ने समय हो ।

Sharing

प्रतिक्रिया दिनुहोस