कार्तिक १४, जेनेभा । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नुभएको छ। सो अवसरमा उहाँहरू बीच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ।
उक्त अवसरमा विश्व स्वास्थ्य संगठनको मुख्य भूमिकालाई केन्द्रमा राखेर स्वास्थ्यसँग सम्बन्धित जटिलता र सम्भावित खतरा रोक्न सहमति जनाइएको छ । साथै आगामी विश्व स्वास्थ्य सम्मेलनको विशेष सत्रमा महामारी नियन्त्रणको तयारी सम्बन्धी अन्तरराष्ट्रिय सम्झौताबारे पनि छलफल भएको छ ।यो भेट हालै देशमा बढ्दो कोरोना भाइरसको सङ्क्रमणका बीच भएकाले अर्थपूर्णरूपमा हेरिएको छ। रुसमा शनिबार मात्रै ४०,२५१ जना नयाँ सङ्क्रमित फेला परेका छन् भने १,१६० ले ज्यान गुमाएका छन् ।