• २०८३ मङ्सिर ५ गते शुक्रवार

बाँकेमा रेड पाण्डा ओसारपसार मुद्दामा फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, बाँके । रेड पाण्डा ओसारपसार मुद्दामा एक जना पक्राउ परेका छन । प्रहरीका अनुसार, सम्मानित बाँके जिल्ला अदालतबाट रेड पाण्डा ओसारपसार मुद्दामा ५ वर्ष ५ महिना १४ दिन कैद सजाय तोकिएका बैजनाथ गाउँपालिका वडा नं. ६ को ४२ वर्षिय नर बहादुर वली लाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

उनी २०७७ साल असोज २ गते अदालतले फैसला सुनाए पछि हालसम्म फरार रहेका थिए । उक्त मुद्दामा पक्राउ परेका वलीलाई बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस