कात्तिक १४, बारा । प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख. ५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बसमा सवार जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।