कात्तिक १४, मोरङ । मोरङमा ट्रकको ठक्कबाट एक जना स्कुटी चालकको ज्यान गएको छ । जिल्लाको सुन्दरहरैचा नगरपालिका–४ दुलारी स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गएको हो । ज्यान गुमाउनेमा ४५ वर्षीय श्याम लिङ्खारहेको छ ।
शनिबार बेलुका पश्चिम जादै गरेको बिआर ५ गा ०३०६ नम्बरको भारतीय ट्रकले विपरित दिशाबाट जादैँ गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका ज्यान गएको हो । ठक्कर दिने ट्रक प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।