• २०८३ भाद्र १५ गते सोमवार

पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा धरानबाट १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, धरान। डिभोर्स भैसकेकी पूर्व पत्नीलाई बलात्कार गरेको आरोपमा धरानबाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–१५ बरगाछी घर भएका भोजराज थापा ‘फडिन्द्र’लाई पक्राउ गरिएको धरानका डिएसपी नरेन्द्र कुँवरले बताए ।

थापाले पूर्वपत्नीलाई इच्छाविपरीत बलात्कार गरेको आरोप छ । प्रहरीले उनीविरुद्ध बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । ५२ वर्षीय भोजराज थापा काठ व्यवसायी हुन् । पूर्वपत्नीको कोठामा गएर उनले बलात्कार गरेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस