भदौ १५, काठमाडौं । नेपाल प्रहरीको सवारी चालक उन्नत तालिम सुरूभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुसीमा २३ औं समूहको सवारी चालक (हलुका/ हेभी) उन्नत तालिम सुरु भएको हो ।
सोही महाशाखाका प्रहरी उपरीक्षक ई.दिनेश केसीले मंगलबार आयोजित कार्यक्रममा उक्त तालिमको उद्घाटन गर्दै सवारी साधनमा समय अनुसार परिर्वतन हुने नयाँ प्रविधिका बारेमा ज्ञान दिलाइ योग्य र दक्ष चालक उत्पादन गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।
जम्मा १६ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ३३ जना गरी कुल ३९ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।